
सिराहा
दलित परिवारको घर भत्काएको भन्दै सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परेपछि पीडित परिवार विस्थापित भएका छन् ।
गाउँपालिका अध्यक्षका छोरा रुकेश यादवलेले धाकधम्की कारण घर भत्काइदिएपछि बसेको टहराबाट समेत विस्थापित भएका हुन् ।
Advertisement 1
रुकेशले राति केहि महिलाहरुलाई लगेर दिपक डोमको टहरा घेर्न पुगेका थिए ।
महायज्ञ गर्ने नाममा अछुत भन्दै डोम समुदायका दिपक डोमको घरमा डोजर लगाएर उठिबास गराएको घटनामा शुक्रवार साँझ सिरहा प्रहरीले गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका नेता दिलिप यादवलाई नियन्त्रणमा लिएको थियो ।
यादवको धम्कीपछि विस्थापित परिवार अहिले औरही गाउँपालिका ४ स्थित दलित आयोगका पूर्व सदस्य कवुली पासवानको घरमा शरण लिएका छन् ।
पीडित दिपकका अनुसार उनीहरुको धम्कीपछि बालबच्चा रातभर प्रहरी चौकीमा छाडेर श्रीमान श्रीमती ज्यान जोगाउन कवुली पासवानको घरमा पुगेका थिए ।
Advertisement 2
गाउँपालिका अध्यक्ष पक्राउ परेको लगत्तै उनका समर्थकहरुले जिल्ला प्रहरी कार्यालयमा ढुङ्गामुडा समेत गरेका थिए ।


