
मलेसिया :विदेशमा नेपाली कामदारहरूको दुर्दशा नयाँ भने होइन दुवै सरकार (अर्थात् नेपाल सरकार र मलेसियाली सरकार) को कमजोर नीतिका कारण मलेसियामा धेरै नेपाली कामदारहरूले मानव अधिकार लगायत विभिन्न समस्याहरू भोगिरहेका छन्। दुवै सरकार नेपाली कामदारहरूलाई कुनै पनि विदेशी कामदारलाई दिइनुपर्ने आधारभूत आवश्यकता वा विचार प्रदान गर्न कमजोर भएको छ। यद्यपि, यस्तो देखिन्छ कि मलेसियाली सरकार नेपाली सरकार भन्दा नेपाली कामदारहरूको कल्याणको बारेमा बढी चिन्तित छ। तर नियमित निरीक्षणको अभाव र नेपालबाट नेपाली कामदारहरूको भर्ती प्रक्रियाको रूपमा मलेसियाली सरकारको धेरै कमजोर रणनीतिक सञ्चालनका कारण, नेपाली कामदारहरूले GSG (ISC- अध्यागमन सुरक्षा क्लियरेन्स) र FWCMS चिकित्सा प्रणालीको नाममा र भिसा स्ट्याम्पिङको नाममा पनि बढी पीडित भइरहेका छन्।
अर्को चिन्ताको विषय के छ भने मलेसियामा नेपाली कामदारहरूको मृत्युदर उल्लेखनीय रूपमा बढेको छ।क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार, सडक दुर्घटना, दीर्घकालीन रोग, कार्यस्थल र आत्महत्याका घटनाहरूलाई मृत्युको प्रमुख कारण भनिएको छ।२०२५ को फेब्रुअरि देखि सबै स्रमिकको न्युनतम मासिक तलव RM१७०० लागू गरेको छ भने हाललाई मलेसियाली सरकारले नेपाली कामदारहरूलाई भर्ना गर्न बन्द गर्ने निर्णय गरेको छ, किनभने उनीहरू आफ्नै बेरोजगार देशवासीको बढ्दो संख्यालाई प्राथमिकता दिन चाहन्छन्।नेपाली वैदेशिक रोजगार एजेन्सीहरूले सोचेका छन् कि मलेसियाले नेपालबाट श्रमिक लिने आफ्नो निर्णयलाई पुनरावलोकन गर्न सक्छ।
Advertisement 1
नेपाली स्रमिकहरुको दैनिकि कस्तो छ त मलेसियामा ?
मलेसियामा केही कम्पनिहरुले पासपोर्ट नदिने र कुनै पनि कानुनि कागजात हातमा नदिनाले बाहिर हिडडुल गर्दा प्रहरीले दुख दिने अपराधि पक्रिए झै समातेर अनावश्यक कानुनि झमेलामा फसाउने र फस्ने गरेको पाइएको छ।जसले गर्दा स्रमिकहरु सँकुचित घेरामा मानसिक यातना सहित बस्नु परेको देखिन्छ।त्यसै गरि मलेसियाको केही स्थानमा तामिल अर्थात कालेहरुकोआतङ्कले हैरानि भएको पाइएको छ विगत लामो समय देखि मलेसियामै काम गर्दै आएका एक नेपाली युवाका अनुसार विगत भन्दा हाल केही सुरक्षित भए पनि अझै कहि कतै लुटपाट र ज्यानै मार्ने सम्मको आतङ्क डर त्रास कायमै रहेको बताउछन्।
यता विगत तीन वर्ष देखि मलेसियाको जोहोरबारु स्थित एक कम्पनिमा काम गर्दै आएका प्रेम न्योैपाने बताउछन् “विदेश वस्दा परिवारको याद कामको प्रेसरले गर्दा मानसिक रुपमा कमजोर हुदोरहेछ म सँगै बसेका एक साथि तीन दिन तीन रात मानसिक सन्तुलन गुमाउदा बल्लतल्ल उद्वार गरि नेपाल पठाइयो मानसिक सन्तुलन गुमाइ होस्टलको चार तल्ला माथि बाट हाम फाल्दा आफुले समाउन सफल भइ ज्यान बचेको अहिले भर्खर जस्तो लाग्छ।”
त्यसो त नेपाल र मलेसियामा उपचारको लागि प्रक्रिया फरक हुँदा बिरामी त्यसै आत्तिने नै भयो बिरामी सँग कोहि नहुनु रगत जाँच गर्नको लागि रगत शरिर बाट अस्वभाविक रुपमा धेरै रगत निकालिरहनु ओैषधि सेवनले शरिर कमजोर हुँदै जानुले बिरामीको आत्मबल अनायसै कमजोर भएको एक युवा बताउछन्।
Advertisement 2

त्यसैगरि मलेसियामा भएको नेपाली स्रमिक मध्ये करिब 50% मदिरापानमा फस्नेको जमात बेग्लै छ। परदेशमा बसेर मानसिक तनाब भुलाउनका निम्ति मदिरापान गर्नाले बिभिन्न समस्या झन थपिएको देखिन्छ।मदिरापान गरि झगाडा गर्ने बाटोमै सुत्ने बाटो काट्दा दुर्घटना हुने जस्ता जोखिम बढ्दो छ।जस्ले गर्दा नेपालीहरुलाइ हेर्ने नजर समेत स्थानियको तल्लो स्तरको रहेको पाइएको छ ।बेलाबेला दुतावासले एस्ता विषयमा सुचना नै प्रकाशन गरेर सचेत गराएको छ।
यस्तै अनलाइन सट्टेबाजि खेलि कमाएको पैसा सबै गुमाएर पछुताइ बस्ने नेपाली स्रमिकको पीडा छुट्टै छ बेलैमा यस्तो विषयमा सचेत हुन नसक्दा र ज्ञान नहुदा पछुताउनु बाहेक बिकल्प नरहेको पिडितहरु बताउछन।
यि सबै केवल प्रतिनिधि घट्ना मात्रै हुन् यस्ता कैयौं घट्ना हरु स्रमिकहरुले दैनिक रुपमा भोगिरहेका छन्।
Advertisement 3
यता दुतावासले भने हाल स्रमिकहरु लक्षित विभिन्न कार्यक्रम लिएर आएता पनि त्यति प्रभावकारी नभै सकेको आम स्रमिकहरुको गुनासो रहेको छ।


