
नेपाल तमाङ घेदुङ, जिल्ला समन्वय समिति, बारा द्वारा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१ चैत ११ गते साँझ बसेको बैठकले कुशल व्यवस्थापन तथा उज्यालो नेपालका नायक विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने अप्रिय निर्णय गरेकोप्रति हाम्रो गम्भीर ध्यानकर्पण भएको भन्दै प्रेस विज्ञप्ति नै जारि गरेको छ।
Advertisement 1

कुनै समय १८ घण्टासम्म लोडसेडिङको अन्धकार भोगेको नेपाललाई प्राधिकरणमा नियुक्त भए लगत्तै घिसिङको व्यवस्थापनबाट मुलुकलाई लोडसेडिङ मुक्त गराई प्राधिकरणलाई अरबौ नाफामा पुऱ्याउन सफल निर्देशक घिसिङलाई राम्रो काम गरे वापत राज्यले पुरस्कृत गर्नुपर्नेमा उल्टै पद मुक्त गरेको घटनाले आम नेपालीलाई दुखि बनाएको र प्राधिकरणका निर्देशक घिसिङलाई हटाउने कुनियतका साथ यसअघि नै मन्त्री स्तरीय निर्णयबाट पटकपटक र पछिल्लोपटक मन्त्रिपरिषद्बाट समेत स्पयटीकरण सोधिसकेपछि यस्तो गल्ती नगर्न हामीले खबरदारी गर्दै आएका थियौ। तर, हाम्रा खबरदारिलाई बेबास्ता गरी जनअपेक्षा विपरीत घिसिङलाई पदबाट बर्खास्त गरेको हुँदा सरकारले अविलम्ब यो निर्णय फिर्ता लिन समेत आग्रह गरिएको छ।
Advertisement 2
यता नेपाल तमाङ घेदुङ, जिल्ला समन्वय समिति, बारा एवं निजगढ नगरपालिका वडा नम्बर १३का वडा अध्यक्ष सुर्य घलानले सरकाले गरेको यो राष्ट्रविरोधी तथा जनविरोधी निर्णय फिर्ता नलिएसम्म सबै तह, तप्काबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा सशक्त विरोधका कार्यक्रम सञ्चालन गर्न साथै, नेपाल र नेपाली जनताको विकास र समृद्धिको लागि राम्रो काम गर्न खोज्ने जो कोहीलाई यसरी निषेध गर्ने र हटाउने सरकारको यो प्रतिगमनकारी व्यवहार मुलुकलाई फेरी अन्धकारतर्फ धकेल्ने षडयन्त्र भएको हुदा यस्तो गलत रवैयाको विरुद्ध सबै अधिकारर्मी संघ/संस्था, पत्रकार, नागरिक समाजलाई समेत आवाज उठाइदिन अपिल गरेका छन् ।


