‘चैत १५ गते जुलुस र सभा हुन्छ सकिन्छ, हुने त्यत्ति हो’ : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी राजावादीले १५ गते गर्न लागेको आन्दोलनलाई सामान्यीकरण गरेका छन् । उनले जुलुस प्रदर्शन हुने र सकिने भन्दै तिललाई पहाड बनाउन आवश्यक नरहेको बताएका हुन् ।

Advertisement 1

“आन्दोलनका नाममा के के हुँदैछ भनेर आतङ्क सृजना गर्न खोजिएको छ । चैत १५ गते काठमाडौँका दुई स्थानमा हुने भनिएको जुलुस र सभा हुन्छ । सकिन्छ । हुने त्यत्ति हो । यसलाई तिललाई पहाड बनाउनुपर्ने केही छैन ।” प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको बताएका छन् ।

महिला उद्यमी महासङ्घको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैह्रविषयलाई मुद्दा बनाएर एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गर्न नहुने बताए ।

Advertisement 2

उनले यही चैत १८ गतेभित्र जारी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक पारित गर्ने गरी तयारी भइरहेको अवस्थामा त्यसलाई प्रभावित पार्ने गरी सदन अवरुद्ध गर्न लागेकामा चिन्ता व्यक्त गरे ।

“वषौँसम्म त्यही निकायमा काम गरेको सक्षम मान्छेलाई जिम्मेवारी दिइँदा प्रशंसा गर्नुपर्नेमा त्यो नगरी प्रशंसा नगर्नुपर्नेलाई झुठा प्रशंसा गरिएको छ । गाली नगर्नुपर्नेलाई गाली गरिएको छ ।” प्रधानमन्त्री ओलीले भने ।

Advertisement 3

प्रधानमन्त्री ओलीले औपनिवेसिक र सामन्तवादी स्थितिले सिङ्गै नेपाली समाज पछाडि परेको र त्यसमा पनि महिलाहरुलाई झन् पछाडि पारिएको स्थितिमा सङ्घर्ष र बलिदानको परिणामबाट समाज परिवर्तन र विकासको यात्रामा अघि बढेको बताए ।

उनले पञ्चायती शासनकालमा निकै पछाडि परेको मुलुक अहिले चौतर्फी विकासको क्रममा अघि बढेको र खासगरी आफूले सरकारको नेतृत्व गरेका समयमा ठूला र रणनीतिक महत्वका आयोजना अघि बढेकाले निराश हुनुपर्ने अवस्था नरहेको स्पष्ट गरे ।

आजदेखि यही चैत १८ गतेसम्म ललितपुरको हेरिटेज गार्डेनमा चल्ने मेलामा महिला उद्यमीद्वारा उत्पादित नेपाली वस्तुहरुको प्रर्दशनी राखिएको छ ।

प्रकाशित : ७ महिना अगाडि

No posts found.

Designed by Gorkhaly Labs