
शुक्रबार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव छवि रिजालले आजको आन्दोलनको जिम्मेवार प्रसाईं हुनुपर्ने बताएका हुन् ।
Advertisement 1
‘आन्दोलनको नेतृत्वमा दुर्गा प्रसाईं रहेकाले मूलभूत रूपमा आजको सबै घटनाको जिम्मेवार प्रसाईं हो,’ उनले भने, ‘सबै क्षतिको पनि जिम्मेवार उनलाई नै बनाउनुपर्ने हुन्छ ।’
गृह मन्त्रालयले राजावादी समूहको प्रदर्शनका क्रममा कानूनलाई हातमा लिने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने बताएको छ ।
Advertisement 2
राजावादी समूहका संयोजक प्रसाईंले सुरक्षाकर्मीलाई मार्ने नियतले आफै गाडी चलाएर अगाडि बढेपछि स्थिति उग्र भएको उनले बताए ।
व्यक्तिका निजी सम्पत्तिमा आगजनी गर्ने, तोडफोड गर्ने, घरभित्र व्यक्ति भएको अवस्थामा बाहिरबाट आगजनी गर्ने जस्ता कल्पना गर्न नसकिने काम भएको उनले बताए ।


