बरखिलाफमा कुरा उठे पनि जनता संविधानको पक्षमा उभिएका छन् : कांग्रेस

काठमाडाैं |
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधानको खिलाफमा कुरा उठे पनि यसको पक्षमा जनता उभिएको निष्कर्ष निकालेको छ ।

Advertisement 1

‘सार्वभौम नेपाली जनताद्वारा निर्वाचित संविधानसभाबाट बनेको गणतान्त्रिक संघीय संविधान बनेको हो । कार्यसम्पादन समितिले यसप्रति पूर्ण प्रतिवद्धता जाहेर गर्‍यो । संघीय लोकतान्त्रिक संविधानमार्फत जनताको आवश्यकता, समस्या, महत्वकांक्षा सम्बोधन गर्न सकिने विश्वास व्यक्त गरिएको छ,’ बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘संविधानको खिलाफमा कुरा उठेको छ, जनप्रतिनिधिहरू छन्, जे सम्बोधन गर्नुपर्छ, संसद्‌बाटै हुन्छ । बाहिरबाट केही हुँदैन । संविधानको पक्षमा समग्र जनता उभिएका छन् ।’

तत्काल सडकमा शक्ति प्रदर्शनको आवश्यकता नदेखिएको कांग्रेस बुझाइ छ ।

Advertisement 2

‘हामीले शक्ति प्रदर्शनको प्रतिस्पर्धा गर्न आवश्यकता ठानेका छैनौं । जनता संविधानको पक्षमा उभिएका छन् । कुनै पार्टीहरूले प्रदर्शनको निर्णय गर्न सक्छन् । तर कांग्रेसले तत्काल सडकमा उभिएर आफ्नो कुरा राख्नुपर्ने ठान्दैन,’ महतले भने, ‘संविधानलाई दृढताको साथ समर्थन गर्ने र पार्टी पंक्तिलाई सुसूचित गर्ने पक्षमा छौं ।’

प्रकाशित : ११ महिना अगाडि

No posts found.

Designed by Gorkhaly Labs